मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २६ बिहीबार ०८:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

गुरुङले जिते  म्याराथन उपाधि 

Read Time : < 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०८:३८:००

लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुला म्याराथनको उपाधि भीमबहादुर गुरुङले जितेका छन् । आरुघाट थुमी गोरखाका गुरुङले एक सय चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । पूर्वसैनिक गुरुङले ४२ किलोमिटरको निर्धारित दूरी तीन घन्टा १७ मिनेट दुई सेकेन्डमा पूरा गरेका थिए । उनले उपाधिसँगै एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा दोस्रो तथा रणबम दल गणका सविन तामाङ तेस्रो भए । बुढाले निर्धारित दूरी तीन घन्टा १७ मिनेट ४५ सेकेन्ड तथा तामाङले तीन घन्टा ३० मिनेट दुई सेकेन्डमा पूरा गरेका थिए ।  गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा भएको म्याराथन लिगलिगकोटबाट सुरु भई हर्मी हुँदै गोरखा दरबारमा पुगेर टुंगिएको थियो ।