मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका कास्की
२०७६ भदौ २५ बुधबार २१:२४:००
Read Time : < 1 मिनेट
समाचार

भरुवा बन्दुक र विभिन्न गोलीसहित चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ भदौ २५ बुधबार २१:२४:००

प्रहरीले तीन थान भरुवा भन्दुक र विभिन्न गोलीसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका २ बस्ने बम बहादुर तामाङ, गम बहादुर तामाङ, कृष्ण बहादुर तामाङ र मीम बहादुर तामाङ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए ।

माछापुच्छ्रे २ स्थित घलेखर्क र खम्राङमा वडा प्रहरी कार्यलय बगरबाट प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको कार्कीले बताए ।

प्रहरीले उनीहरुको साथबाट ३ थान भरुवा बन्दुक, १६ थान लाइभ राउण्ड, २७ थान सर्ट गनको खोका, एक/एक थान भरुवा बन्दुकको बट र नाल साथै बारुद र छर्रा समेत बरामद गरेको थियो । अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।