१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २५ बुधबार २१:०३:००
Read Time : < 1 मिनेट
समाचार

अपहरणमा संलग्न चार पक्राउ

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार २१:०३:००

एक निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड बस्ने एक निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा बुधबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।अपहरणमा संग्लन रहेको आरोपमा पक्राउ पर्नेहरुमा पोखरा १५ बस्ने ४२ वर्षीय गौतम थापा, पोखरा २ अर्चलबोट बस्ने ३४ वर्षीय रोहित सुनार, पोखरा ८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र पोखरा १० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा रहेका छन् ।

उनीहरुले पोखरा ९ नयाँबजारस्थित सामुदायिक सेवा केन्द्र जिल्ला समन्यव समितिको कार्यालय भवन अगाडिको सडकबाट ति व्यवसायीलाई जबरजस्ती गाडीमा हालि लगेका थिए । अपहरण गरेको भन्ने सूचना प्राप्त भए लगत्तै तत्काल प्रहरी टोली खटिएको केसीले बताए । करिब एक घण्टापछी ति व्यवसायीलाई पोखरा ९ शान्तिवनस्थित निर्माण व्यवसायी समितिको कम्पाउण्ड भित्रबाट उद्धार गरिएको उनले जानकारी दिए । पक्राउ परेकाहरुले अपहरणका लागि प्रयोग गरेका सवारिसाधानहरु नियन्त्रणमा लिइ कानुनि पक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका व्यवसायिलाई स्वास्थ उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पठाइएको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । के कारणले अपहरण गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।