मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ २५ बुधबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार

सरकारले द्वन्द्वकालिन घटनाको सत्यतथ्य बाहिर ल्याउन चाहेको छैन : मानवअधिकार आयोग अध्यक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ २५ बुधबार १९:११:००

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशस्त्र द्वन्द्वकालिन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारले नै नचाहेको बताएका छन् । 

शर्माले सो घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन गर्न गठित आयोगका पदाधिकारी राजनीतिक दलहरुको मिलेमतोमा सिफारिस गर्न सरकारले समिति गठन गरेको भन्दै असन्तुष्टि जनाए ।

काठमाडौंमा बुधबार आयोजित ‘मानव अधिकारका लागि दक्षिण एशिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले द्वन्द्वकालिन घटनाको उत्खनन् गर्ने मानव अधिकार आयोगको प्रयासलाई समेत सरकारले अवरुद्ध पारेको बताए । भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने  आयोगको प्रयासमा सकारले भाँजो हालेको उनले दाबी गरे । 

सरकारले संविधान र कानुनलाई समेत तजविजीमा राखेर मानव अधिकार हनन्को घटनालाई संरक्षण गर्ने काम गरिरहेको उनले आरोप लगाए ।