मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पूर्व राजदूत केशव झा
२०७६ भदौ २५ बुधबार १७:५३:००
Read Time : < 1 मिनेट
समाचार

राजदूत झा हत्याका आरोपी जेल चलान

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार १७:५३:००

पूर्व राजदूत केशव झाको हत्या अभियाेगमा पक्राउ परेका सानुकान्छा तामाङ जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले तामाङलाई पुर्पक्षका लागि बुधबार जेल चलानको आदेश दिएको हो । 

तामाङ झाकै घरका कामदार हुन् । तलब नबढाएको विषयलाई लिएर उनले हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष थियो । यद्यपी उनले इन्कारी बयान थिएका थिए ।

४ भदौ २०७५ मा बबरमहलस्थित आफ्नै घरको सुत्ने कोठामा चक्कुले हानेर झाको हत्या भएको थियो । किचनकै चक्कुले उनीमाथि आक्रमण भएको थियो । 

कामदार तामाङलाई घटनालगत्तै तीन साता थुनामा राखेर प्रहरीले अनुसन्धान गर्दा पनि पर्याप्त प्रमाण फेला नपारेपछि छाडिदिएको थियो । अहिले पर्याप्त प्रमाण संकलन गरेर मुद्दा चलाइएको महानगरीय प्रहरी परीसर काठमाडौं एसएसपी उत्तमराज सुवेदीले बताए । 

बन्द घरभित्र अरु छिर्ने सम्भावना नभएको, घरकै चक्कु प्रयोग भएको, पोलिग्राफ टेष्टमा तामाङले ढाँटेको रिपोर्ट आएको, तालिमप्राप्त कुकुरले उनीतर्फ नै संकेत गरेको र मालिकसँग पैसाको विषयलाई लिएर उनको असन्तुष्टि जस्ता प्रमाणका आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।