मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस (वीपी) र राष्ट्रिय लोकतान्त्रिक मञ्च नेपालबीच पार्टी एकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार १६:३५:००

कांग्रेस (वी.पी.) र राष्ट्रिय लोकतान्त्रिक मञ्च नेपालबीच पार्टी एकता भएको छ । प्रजातन्त्रवादी नेता तथा मुर्धन्य साहित्यकार स्व. वीपी कोइरालाको १०६औं जन्मजयन्तीको अवसर पारेर दुवै पार्टीले एकता गरेका हुन् ।

कांग्रेस वी.पी.बाट ५५ सदस्यीय र लोकतान्त्रिक मञ्चबाट ३५ सदस्यीय केन्द्रीय समितिका पदाधिकारी समायोजन गरी ९० सदस्यीय समिति बनेको छ । 

आगामी केन्द्रीय समितिको बैठकबाट पार्टीको नाम केन्द्रीय पदाधिकारीहरुको छनोट र व्यवस्थापन तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने सहमती पत्रमा उल्लेख छ । पार्टी एकतामा कांग्रेस (वी.पी.)का सभापति हरिबोल भट्टराई र राष्ट्रिय लोकतान्त्रिक मञ्च नेपालका संयोजक देवीप्रसाद ओझाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।