मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २५ बुधबार १५:०५:००
Read Time : < 1 मिनेट
प्रदेश

विराटनगरमा काेसेली महोत्सव हुँदै

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार १५:०५:००

विराटनगरका यूवा उद्यमीहरुले कोसेली महोत्सव आयोजना गर्ने भएका छन । उद्योग संगठन मोरङ, महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १ र  विराटनगर महानगरपालिकाको सहयोगमा कोसेली महोत्सव आयोजना हुने भएकाे हाे । 

विराटनगरको जैन भवनमा १० देखि १४ असोजसम्म महोत्सव आयोजना हुने महोत्सव संयोजक मनोज बिक्रम शाहले जानकारी गराए । घरेलु तथा कुटिर र महिलाहरुले संचालन गरेका उद्योगबाट उत्पादन भएका वस्तुको व्यापार र प्रबर्धनकाे लागि महोत्वस आयोजना गरिएको आयोजकले जनाएकाे छ । 

महोत्वसमा औद्योगिक उत्पादन, हस्तकलाका सामाग्री, सिलाई कढाईका वस्त्र, जुता चप्पल, ढाका तथा उनीका कपडा, अगार्निक उत्पादन, श्रृंगारका साधन, सूचना प्रविधि घरायसी सामाग्री, विभिन्न किसिमका खानाका परिकारहरु राखिनेछ ।