मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार १५:००:००
Read Time : < 1 मिनेट
समाचार

एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार १५:००:००

सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले ग्यास छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी भइरहेको बताए । 

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै उक्त समस्या समाधानमा जान सरकार तयार रहेको बताए । 

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दावी गरे ।