१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २५ बुधबार १२:२७:००
Read Time : > 1 मिनेट
प्रदेश

वाणगंगामा लामखुट्टे नष्ट गर्ने अभियान 

Read Time : > 1 मिनेट
२०७६ भदौ २५ बुधबार १२:२७:००

कपिलवस्तुको वाणगंगा नगरपालिकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सुरु भएको छ । अभियानअन्तर्गत मंगलबारदेखि वाणगंगा ७ र ८ मा अभियान सुरु भएको हो । 

देशैभर डेंगुका बिरामी बढिरहेको वेला नगरपालिका को ८ र ७ मा यसकोे अभियान सुरु गरेको हो । मंगलबार वाणगंगा ७ बनगाई बजारमा डेंगु रोग नियन्त्रणका लागि मोतीपुर स्वास्थ्यचौकीका प्रमुख रामप्रसाद गौतम, अनमी सरस्वती गिरी, सुन्दरा केसीलगायत स्वास्थ्य स्यमंसेविका सहितको टोलीले  वाणगंगा नगरपालिकाको लामखुट्टेको कारणले डेंगु रोग लाग्ने भएकोले यसको निवारणका लागि अभियान सुरु गरेका हुन् । बजार क्षेत्रमा रहेका प्रत्यक घरमा गई सम्भावित स्थानको पहिचान तथा यसबाट बच्ने उपायका बारेमा स्थानीयवासीहरूमा जानकारी गराएको थियो ।

स्वास्थ्य चौकीले सरोकारवाला स्थानीय जनप्रतिनिधिसहितको टोलीलाई समेत अभिमुखीकरण दिँदै यत्रतत्र राखिएका पुराना टायर, पानीको ट्यांकीमा लामखुट्टे हुने भएकोले यी वस्तुहरूलाई हटाउँदै हिँडेका थिए । वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले डेंगु रोग नियन्त्रणका लागि नगरपालिका गम्भीर रूपले लागेको बताए । डेंगु रोग नियन्त्रणका लागि विगतका वर्षहरूमा पनि नगरपालिकाले अभियान चलाउँदै आएको बताउँदै यस वर्ष डेंगु रोगको प्रकोप पहिलाको तुलनामा अलि बढी देखिएकोले रोग नियन्त्रणका लागि नगरपालिका लागिपरेको बताए । 

वाणगंगा नगरपालिकामा  डेंगु रोगबारे पिपरा अस्पतालमा निःशुल्क स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाएको समेत मरासिनीले बताए । डेंगु लागेको शंका लागे स्वास्थ्य जाँचका लागि बुटवल नै जानुपर्ने बाध्यता अन्त्य भएको बताएको छ । साथै कसैलाई डेंगु लागेको शंका लागे पिपरा अस्पतालमा आएर स्वास्थ्य जाँच गराउन नगरपालिकाले आग्रहसमेत गरेको छ । वाणगंगा नगरपालिकाले २४ र २५ भदौलाई अभियानका रूपमा नगरपालिका का सबै वडाका बजार क्षेत्रमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालनसमेत गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले बताए ।

लामखुट्टेको कारणले डेंगु रोग लाग्ने भएकोले यसको निवारणका लागि नगरपालिका सम्पूर्ण बजारमा लामखुट्टे नष्ट गर्ने अभियान चलाएको प्रमुख घिमिरेले बताए । यसैगरी, २६ भदौदेखि नगरका हरेक बस्ती बस्तीमा अभियान सञ्चालन हुँदैछ ।