१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका महोत्तरी
२०७६ भदौ २५ बुधबार १२:००:००
Read Time : < 1 मिनेट
प्रदेश

पानी नपर्दा सुक्दै छ धानखेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका महोत्तरी
२०७६ भदौ २५ बुधबार १२:००:००

गत महिना बाढीले धानको बेर्ना (ब्याड) गलायो । बाढी रोकिएपछि किसानले धान रोप्ने जोखिम मोले । धान त जसोतसो रोपियो, तर अहिले खेतमा पानी नहुँदा किसान चिन्तित भएका छन् । 

पानी पर्ने आस गर्दैै किसानहरू दैनिकजसो आकाशतिर हेर्छन् । तर, पानीको छाँटकाँट नदेखिँदा उनीहरू पुनः उदास हुन्छन् । पानी नपरेकाले खेत चिरा–चिरा परेका छन् । हरियो धान पहेँलो हुनै लाग्यो । तर, पानीको कुनै सुरसारै छैन । 

जलेश्वर नगरपालिका–५ का किसान रामजतन कापरले भने, आकाशे पानीकै भरमा धानखेती लगाइयो । तर, मौसमले समेत साथ दिएन । घरि आफ्नो खेत त घरि आकाश देखेर विरक्त लाग्छ ।’

 कहिले बाढी त कहिले सुक्खा ! महोत्तरीका किसान आफूहरूलाई कुनै मौसम वा महिनामा पनि चयन नभएको बताउँछन् । सरकारको लगानी बालुवामा पानीबाहेक केही नरहेको किसानहरूको दुःखेसो छ ।