१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
यादव खरेल
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ११:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘गैरी खेतको’ लेख्दा दरौदीमा धेरै हिँडेँ

रचना गर्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ११:१७:००

चलचित्र ‘प्रेम पिण्ड’को ‘गैरी खेतको शिरै हान्यो’ बोलको गीत निकै हिट भयो । अहिले पनि त्यसलाई रुचाउने दर्शक/स्रोता उत्तिकै छन् । खासमा यो गीतले त्रिकोणात्मक प्रेमकथा बताउँछ । बालकृष्ण समको नाटकलाई ‘एडप्ट’ गरेर मैले नाटकको पटकथा बनाएको थिएँ । त्यसमा एउटा पात्र एडमिन छ, जो उमेरले निक्कै बूढो छ ।

अर्को एडमिनको सुसारे दरबारमा पहिले नौली भएर आएर पछि सविता हुन्छे । सुरुमा ऊ रखौटी पात्र हो । तर, सविताले नकुल पात्र मन पराउँछे । फेरि नकुललाई मन पराउने अर्की केटी पात्र छे ।

नाटकको त्रिकोणात्मक प्रेम सम्बन्धलाई गीतमार्फत पाँच मिनटभित्र देखाइसक्नुपथ्र्यो । प्रेमको सम्बन्ध प्रस्ट देखिनु पनि पथ्र्यो । थोरै शब्दमा धेरै अभिव्यक्त गर्नु थियो । प्रेमको मामलामा जो पनि मन र मस्तिष्कले सोच्छन् । यसलाई गैरी खेतको शिरबाट सुरु गरेको थिएँ । खेत नदीका किनारमा हुन्छन् ।

दरौँदीमा म आफैँ हिँडेको थिएँ । उसको रूपको करौतीले भनेको छ । प्रेम त रूपसँग पनि सरोकार राख्छ । मन नौनीजस्तै हुन्छ । त्यसलाई महसुस गरेको थिएँ । अनि कल्पना गरेर लेखेँ । रूप र प्रेम सम्बन्धलाई गीतमार्फत देखाउने कोसिस गरेँ ।