१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
राष्ट्रविमोचन तिमल्सिना
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार १०:४४:००
Read Time : > 1 मिनेट
सप्तरंग

डिजिटल लाइफका ‘र्‍यान्डम नेपाली’

भ्लग संवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार १०:४४:००

पेसामा वकिल र शिक्षक हुँ । युट्युबमा भने ‘र्‍यान्डम नेपाली’को नामले चिनिन्छु । ‘र्‍यान्डम नेपाली’ सुरु भएको करिब तीन वर्ष भयो । बिहान कलेज र दिउँसो कामपछिको समय सदुपयोग गर्न यो युट्युब च्यानल खोलेको हुँ ।

युट्युबमा कोही ट्राभल भ्लग गर्छन् त कोही खानासम्बन्धी भिडियो पोस्ट गर्छन् । मैले भने कथा, कविता, कमेडीलगायत सामग्री राख्ने गरेको छु । मनोरञ्जन मात्र नभई जानकारीमूलक सामग्री पनि राख्ने मेरो ध्येय हुन्छ ।

सुरुमा युट्युब किन चलाएको भनेर परिवार र साथीभाइको प्रश्न हुन्थ्यो । अहिले भने बाटोमा हिँड्दा मलाई चिनेको कोही भेटियो भने प्रशंसा गर्छन् । हालसम्म मेरो च्यानलका एक लाख २४ हजार सब्स्क्राइबर छन् । ९७ प्रतिशत कमेन्ट सकारात्मक आउँछन् । तीन प्रतिशतको जमात भने टिप्पणी गर्ने नै हुन्छ । सुरुवाती दिनमा ‘वाहियात’, ‘काम नलाग्ने’ जस्ता कमेन्ट आउँथे ।

हालसम्म मेरो च्यानलका एक लाख २४ हजार सब्स्क्राइबर छन् । ९७ प्रतिशत कमेन्ट सकारात्मक आउँछन् । तीन प्रतिशतको जमात भने नकारात्मक टिप्पणी गर्ने नै हुन्छ ।

डिजिटल मिडिया वल्र्डमा काम गर्दा मानसिक असर पनि पर्दोरहेछ । यसबीचमा करिब चार महिना मैले भिडियो नै बनाइनँ । त्यसैले दर्शकलाई खुसी बनाउने होडमा आफूचाहिँ सन्तुष्ट र खुसी हुनु जरुरी रहेछ । विदेशमा युट्युबमा विज्ञापन र प्रायोजनका कारण राम्रो कमाइ हुन्छ । नेपालमा भने त्यस्तो अवस्था भइसकेको छैन । त्यसैले सामान्य भ्लगरले यसैमा भविष्य खोज्न सजिलो छैन ।

भ्युजकै आधारमा मासिक २०–२५ हजार रुपैयाँ आम्दानी हुन्छ । खाटमा बसेर भ्वाइस रेकर्ड गर्‍यो । कोठामै सानो स्टुडियो छ । लाइट वा अन्य कुनै ठाउँमा यात्रा गर्नु पनि पर्दैन । सातामा एउटा भिडियो पोस्ट गर्ने योजना बनाउँछु ।

यो अन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ पनि हो । एकपटक राम्रो भ्युज र चर्चाले क्रेज सिर्जना गराइहाल्छ । आफूले पोस्ट गर्ने सामग्रीबाटै दर्शकलाई कति टिकाउने भन्ने निर्धारण हुन्छ । डिजिटल मिडियामा धेरै छनोट उपलब्ध भएकाले राख्ने सामग्री सधैँ एकै खालको हुनुहुँदैन । केही भिन्न र सिर्जनात्मक तरिकाले आउन सक्दा यसमा सम्भावना छ ।