मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग

ऋतिकले गरे टाइगरको प्रशंसा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:२८:००

फिल्म ‘सुपर ३०’को सफलतापछि ऋतिक रोशन वारमा देखिँदै छन् । यस फिल्ममा ऋतिक र टाइगर श्राफ मुख्य भूमिकामा छन् । फिल्म रिलिज हुनअघि ऋतिकले टाइगरको प्रशंसा गरेका छन् । ‘म निकै खुसी छु ।

कुनै समय उनी मबाट प्रेरित थिए र अहिले उनले मलाई प्रेरित गरिरहेका छन् । यो एउटा सर्कल हो, उनी मेरो चमक फिर्ता ल्याउनका लागि आएका छन्,’ ऋतिकले भने, ‘सुपर ३० पछि म निकै अल्छी भएको थिएँ । वर्कआउट बन्द थियो । यस्तोमा मलाई एउटा त्यस्तो कथा चाहिएको थियो, जसले मलाई बलियो बनाओस् ।’

ऋतिकका अनुसार उनले वारको स्क्रिप्ट आउनेबित्तिकै निर्मातासमक्ष टाइगरलाई खेलाउन प्रस्ताव गरेका थिए । ‘मैले यति भनेको थिएँ कि यसमा टाइगर भए मात्रै म खेल्नेछु । मलाई थाहा छ कि उनी मात्रै मेरो अगाडि खडा हुन सक्छन् । मैले टाइगरसँग मेल खानका लागि उत्कृष्ट एक्सन गर्नुपर्छ । हामी एक–अर्कालाई प्रेरित गरि नै रहनेछौँ र यो ५० वर्षसम्म हुनेवाला छ,’ उनले भने । 

सिद्धार्थ आनन्दले निर्देशन गरेको वार अक्टुबर २मा रिलिज हुँदै छ । फिल्ममा ऋतिक र टाइगरसँगै वाणी कपुर, आशुतोष राणा पनि मुख्य भूमिकामा छन् । एक सय ८० करोड भारतीय रुपैयाँमा यो फिल्म निर्माण भएको हो ।