मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पूर्णप्रसाद न्यौपाने
२०७५ पौष २३ सोमबार १७:३९:००
Read Time : > 1 मिनेट
समाचार

श्रीमतीको पेसालाई सघाउन विदेशबाट श्रीमान फर्किए

Read Time : > 1 मिनेट
पूर्णप्रसाद न्यौपाने
२०७५ पौष २३ सोमबार १७:३९:००

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, ९ बिगुटारकी फुर्छोकी शेर्पा (३०)ले १० वर्षदेखि तरकारी खेती गर्दै आएकी छन् । अहिले उनको घर व्यवहार चलाउने मुख्य आयस्रोत तरकारी खेती बनेको छ । 

शेर्पा तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि खुसी छन् । भन्छिन्, ‘मेहनत गरे विदेश जान पर्दैन, यही राम्रो आम्दानी गर्न सकिन्छ ।’ उनी बारीमा मुख्य गरी काउली, बन्दा, साग, भन्टा, धनियाँ, अकबरे खोर्सानी लागाउँदै आएकी छन् ।

तरकारी उत्पादन गरेर हप्ताको दुई दिन ओखलढुंगा बजारमा ल्याउँछिन्, फुर्छोकी । उनी हप्तामा दुई दिन तरकारी बेचेर १० देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । यातयात सुविधा नहुँदा राति १ बजे डोकोमा तरकारी बोकेर बजार आउने उनी अहिले गाउँमा सडक पुगेपछि सजिलो भएको बताउँछिन् । 

फुर्छोकी जस्तै, टीकामाया खड्काले पनि तरकारी खेती गर्दै आएकी छन् । पछिल्लो समयमा उनी पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने किसानमा पर्छिन् । १५ वर्षदेखि तरकारी खेती गर्दै आएकी उनी पछिल्लो समय आधुनिक शैलीमा खेती सुरु गर्दै आएकी छन् । 

‘पहिला तरकारी खेती गरे पनि आम्दानी हुँदैन थियो ।’ खड्का भन्छिन् ‘अहिले मौसमी खेती  गरेको छु, घर खर्च टार्दै आएको छु ।’

श्रीमतीको पेसाले श्रीमान घरमा 

टीकामायाकी श्रीमान टीकाराम वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । अहिले उनी घरमा फर्केका छन् । श्रीमतीसँगै तरकारी खेतीमा जुटेका छन् । घरैमा बसेर खेती गरेर आम्दानी लिन सकिने देखेपछि घर फर्किएको उनले बताए । 

‘मलेसियामा थिएँ, धेरै दुःख हुन्थ्यो ।’ खड्काले भने, ‘श्रीमतीले खेती राम्रो आम्दानी गरेपछि फर्किएँ ।’ अहिले खड्का दम्पतीले तरकारीसँगै कुखुरा पालन सुरु गरेका छन् । उनीहरुले अहिले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।