१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २५ बुधबार ०६:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

डेंगुझैँ फैलिँदै : स्क्रब टाइफस

१४ जिल्लामा देखियोे, तीन महिनामा तीन सय संक्रमित

Read Time : > 1 मिनेट
२०७६ भदौ २५ बुधबार ०६:२५:००

करिब ६१  जिल्लामा फैलिएको डेंगु नियन्त्रण गर्न नसकिरहेको सरकारसामु अर्को रोग स्क्रब टाइफस पनि चुनौती बनेको छ । पछिल्ला चार वर्षमा ३५ जनाको ज्यान लिएको यो रोग खासगरी मुसा प्रजातिको जीवमा बस्ने माइट नामक किर्नाको टोकाइबाट लाग्छ । असारयता स्क्रब टाइफस १४ जिल्लामा फैलिसकेको छ । 

तीन महिनामा तीन सय एक व्यक्तिमा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाशप्रसाद शाहले बताए । तर, स्थानीय तहबाट तथ्यांक संकलन हुने भएकाले सबै संक्रमितको संख्या नआएको पनि हुन सक्ने महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेले बताए । 

गत वर्षझैँ यसपटक पनि सबैभन्दा पहिले पाल्पामै स्क्रब टाइफसका बिरामी भेटिएका हुन् । सरुवारोग क्षेत्रका जानकार डा. शेरबहादुर पुनले टाइफाइड ठानेर यो रोगको गलत पहिचान हुँदा समस्या देखिने गरेको बताए । शरीरमा यो जीवाणु फैलिएपछि फोक्सो, कलेजो र मस्तिष्कमा संक्रमण हुन थाल्छ । समयमै सही उपचार नभए दीर्घकालीन रूपमा सुन्ने क्षमता गुम्ने, रक्तचाप न्यून हुने, शरीरका विभिन्न अंगमा क्षति पुग्ने, मिर्गौला फेल, निमोनिया, ब्याक्टेरियल संक्रमण, छारेरोग र मासु कुहिनेजस्ता समस्या देखिन्छ । 

स्क्रब टाइफस संक्रमण गराउने माइट खासगरी खेत, झाडी र घाँसमा रहने मुसा प्रजातिमा रहन्छ । यसले टोकेको ठाउँमा दाग देखिन्छ, कतिपय अवस्थामा नदेखिन पनि सक्छ । वेलैमा नियन्त्रण गर्न नसके डेंगुले झैँ महामारीको रूप लिने भन्दै चिकित्सकले सचेत गराएका छन् । 

मानिसमा कसरी सर्छ ?
संक्रमित माइटले मानिसलाई टोक्दा उसको -यालमा भएको जीवाणु (ओरिएन्टा सुसुगामुसी) रगतमा फैलिन्छ । सुसुगाको अर्थ सानो र खतरनाक हो । माइट ०.२ मिलिमिटरदेखि ०.४ मिलिमिटर लामो हुन्छ । संक्रमित व्यक्तिलाई अत्यधिक टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने, जिउ दुख्ने, आँखा हल्का रातो हुने, पसिना बढी आउनेलगायत लक्षण देखिन्छन् । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा भने यो रोग सर्दैन । 

स्क्रब टाइफसको जीवाणुलाई चिकित्सकले सूक्ष्मदर्शक यन्त्रले देख्न सक्छन् । संक्रमणको आशंका गरिएका व्यक्तिलाई स्वास्थ्यकर्मीले रगत परीक्षणको रिपोर्ट आउनुअघि नै एन्टिबायोटिक दिन सक्छन् । चिकित्सकका अनुसार यस्ता बिरामीलाई ‘डक्सिसाइक्लिन’वा ‘टेट्रासाइक्लिन’ । औषधि चलाएको ४८ घन्टादेखि बिरामीमा सुधार देखिन थाल्छ ।

कुन जिल्लामा कति बिरामी ?