१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली
२०७५ पौष २३ सोमबार १७:१३:००
Read Time : < 1 मिनेट
समाचार

गाेपाल खड्काविरुद्ध अवैध १८ करोड सम्पति जाेडेकाे आरोपमा मुद्दा दायर 

Read Time : < 1 मिनेट
नवराज मैनाली
२०७५ पौष २३ सोमबार १७:१३:००

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले सरकारी पदमा रहँदा करिब १८ करोड ६६ लाख रुपैयाँ अकुत सम्पति आर्जन गरेको भन्दै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । 

खड्काले आर्जन गरेकाे सम्पति विभिन्न व्यक्तिको नाममा लुकाएको समेत खुलेको छ । श्रीमती सर्मिला र सम्पति लुकाउन सहयोग गर्ने व्यक्ति विरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । 

प्रमाणका रुपमा खड्काबाट करिब एक कराेड रुपैयाँ अदालतमा दाखिला गरेको छ । सो पैसा उनले घर किन्न रोडसो हाउजिङमा दिएको र आयाेगले हाउजिङबाट चेक बरामद गरी अदालतमा प्रमाणका रुपमा पेश गरेको हो ।