१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार

विपीको क्रान्तिकारी कामलाई पार्टीले स्वीकार्न सकेन : प्रदीप पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १६:२५:००

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले विपी कोइरालाको समयमा आएको लोकतान्त्रिक समाजवादलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताएका छन् । सुन्दरीजलस्थित विपी संग्राहलयमा आयोजित विपी जयन्तीको अवसरमा मंगलबार उनले विपी समय सापेक्ष परिवर्तनशील भएको बताए ।

विपीले गरेका क्रान्तिकारी र प्रगतिशील कामलाई कांग्रेसले स्वामित्व लिन नसकेको पौडेलको भनाइ थियो । ‘विपीसँग तत्कालीन समाजभन्दा दश कदमअघि बढ्न सक्ने अद्भूत क्षमता थियो,’ उनले भने, ‘अहिले हामीसँग समाजलाई भेटाउने शक्तिसमेत छैन ।’ 

विपीकै कारण कांग्रेसको इतिहास विश्वका जुनसुकै देशको गौरवशाली राजनीतिक दलभन्दा कम नरहेको पौडेलले दावी गरे । नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्व महामन्त्री कुन्दनराज काफ्ले, विपी संग्राहलयका अध्यक्ष पर्शुराम पोखरेललगायतका वक्ताले विपीको विचार कार्यान्वयन नगर्दा कांग्रेस कमजोर भएको बताएका थिए । सोही अवसरमा संग्राहलय परिसरमा १ सय ६ वटा विरुवा रोपिएको थियो ।