मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केलविन अर्याल
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १०:५७:००
Read Time : > 1 मिनेट
नयाँCity

काठमाडौंमा अवसरै अवसर

नयाँ पुस्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १०:५७:००

म २० वर्षअघि काठमाडौंमा जन्मिएँ, यहीँ हुर्किएँ । रातोबंगला स्कुलमा ‘ए’ लेभल पढेपछि हस्पिटालिटी बिजनेस पढ्न अस्ट्रिया गएँ । विदेश पढ्न गएका युवा सितिमिति नेपाल फर्किन खोज्दैनन् । तर, मैले इन्टर्नका लागि नक्सालको म्यारियट होटेल रोजेँ । किनकि, मलाई स्वदेश फर्केरै केही गर्नु छ ।

विदेश पसेका अधिकांश युवाले नेपालमा अवसर देख्दैनन् । मैले भने यहीँ धेरै अवसर देखेको छु । काठमाडौं अवसरै–अवसर भएको सहर हो । यहाँ धेरै गर्न बाँकी छ । दृढ विश्वासका साथ जे गर्दा पनि सफल भइन्छ । हामीजस्ता युवाले विदेशमा सिकेको ज्ञान र सीप नेपाल भित्र्याउनुपर्छ । राम्रो डिग्री लिन म अस्ट्रिया गएको हुँ । स्वदेश फर्केर हस्पिटालिटी बिजनेसमै काम गर्ने सोच छ ।

नेपाल पर्यटनको अथाह सम्भावना भएको मुलुक हो । काठमाडौंमा ठूला तारे होटेल खुलिरहेका छन् । अन्तर्राष्ट्रिय चेन होटेल पनि भित्रिँदै छन् । म्यारियट, अलफ्ट, सेराटन, हिल्टनजस्ता चेन ब्रान्डले नेपालको पर्यटनलाई ‘भाइब्रेन्ट’ बनाउनेछन् । अरू थुप्रै विदेशी चेन ब्रान्ड नेपाल प्रवेश गर्ने उपयुक्त अवसर पर्खेर बसेका छन् । १२ वैशाख ०७२ को भूकम्पपछि बन्द भएको एभरेस्ट होटेल चाँडै सञ्चालनमा आउँदै छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ ।

बाहिर जानै हुँदैन भन्ने होइन, पढ्न र सिक्न विदेश जानुपर्छ । तर, उतै बस्ने होइन । राम्रो शिक्षा र अनुभव बोकेर स्वदेश फर्किनुपर्छ । 

बाहिर जानै हुँदैन भन्ने होइन, पढ्न र सिक्न विदेश जानुपर्छ । तर, उतै बस्ने होइन । राम्रो शिक्षा र अनुभव बोकेर स्वदेश फर्किनुपर्छ । अहिले पनि नेपालका तारे होटेलका उच्च तहमा विदेशी नागरिक कार्यरत छन् । ती पदमा नेपालीले पनि काम गर्न सक्छन् ।

मलाई भाँडा माझ्ने, शौचालय सफा गर्ने, टेबुल पुछ्ने काम गर्न संकोच लाग्दैन । तर, १०/२० हजार रुपैयाँ कमाउने मानसिकताले प्रगति गर्न सकिँदैन । नेपाल फर्किन्छु, राम्रो होटेलमा काम गर्छु, राम्रो तलब खान्छु, घर छँदै छ, त्यहीँ बस्छु भन्ने मेरो सोच होइन । आफैँ केही गर्छु भन्ने अठोट हो ।