मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
चन्द्र भण्डारी
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १०:५३:००
Read Time : < 1 मिनेट
साहित्य

पहिले नेपालको इतिहास पढौँ

पठन संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १०:५३:००

अहिले स्टिभन लेभित्स्की र डेनिएल जिब्लाटको ‘हाउ डेमोक्रेसिज डाई’ भन्ने पुस्तक पढिरहेको छु । विश्वमा प्रजातन्त्र के कारणले मर्दै छ भन्ने विषयमा उनीहरूले आफ्नो तर्क प्रस्तुत गरेका छन् । एनआर नारायणमूर्तिको ‘बेटर इन्डिया, अ बेटर वल्र्ड’ पुस्तकले मलाई धेरै प्रभाव पारेको थियो ।

अहिलेसम्म हामीले जे पढ्यौँ र पढायौँ, यो हाम्रा लागि कुनै शिक्षा होइन भन्ने तर्क नारायणमूर्तिले प्रस्तुत गरेका छन् । यो शिक्षाले हामी को हौँ र के हौँ अनि हाम्रो पहिचान के हो भन्ने बुझाउँदैन भन्ने उनको भनाइ छ । ती कुरा नबुझी केही बुझ्न नसकिने उनको तर्क छ ।

हामीले पढेका पुस्तक हाम्रा लागि पढेनौँ र अरूका लागि पढ्यौँ भन्ने नयाँ पुस्ताले बुझ्नुपर्छ । विश्व रंगमञ्चमा हाम्रो इतिहास के हो भन्ने नयाँ पुस्ताले थाहा पाउनुपर्छ । पहिले नेपालको इतिहास पढ्नुप-यो । किनभने, नेपाल प्राचीन मुलुक हो । यसको इतिहास थाहा पाउनु अत्यावश्यक छ । 

रजनीशको गीता भाष्यका ६ वटै भोल्युम र लोकमान्य तिलकको गीताले पनि मलाई प्रभावित पारेका छन् । तिलकको गीता मैले ०४२ सालमा जेलमै पढेको हुँ । नयनराज पाण्डेको उपन्यास ‘उलार’मा रहेको सामाजिक परिवेशको वास्तविक चित्रणले पनि म प्रभावित भएको छु । बिपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त आचार्य, मोतीराम भट्टका पुस्तक त छुट्ने कुरै भएन ।

हामीले पढेका पुस्तक हाम्रा लागि पढेनौँ र अरूका लागि पढ्यौँ भन्ने नयाँ पुस्ताले बुझ्नुपर्छ । विश्व रंगमञ्चमा हाम्रो इतिहास के हो भन्ने नयाँ पुस्ताले थाहा पाउनुपर्छ । पहिले नेपालको इतिहास पढ्नुप-यो । किनभने, नेपाल प्राचीन मुलुक हो । यसको इतिहास थाहा पाउनु अत्यावश्यक छ । हाम्रो ज्ञान अनुभूतिबाट आएको हो, तथ्यांक केलाएर प्राप्त भएको होइन ।