मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका नैरोबी
२०७६ भदौ २३ सोमबार १६:१३:००
Read Time : < 1 मिनेट
प्रवास

एनआरएन केन्याको अध्यक्षमा सुरज डुम्रे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नैरोबी
२०७६ भदौ २३ सोमबार १६:१३:००

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद केन्याको अध्यक्षमा सुरज डुम्रे चयन भएका छन् । राजधानी नौरोबीमा आइतबार सम्पन्न चौथोँ राष्ट्रिय महाधिवेसनले डुम्रेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । 

नयाँ कार्य समितिको उपाध्यक्षमा शिवलाल अधिकारी, महासचिवमा टीका धिताल, सचिवमा लक्ष्मी बुलुन, कोषाध्यक्षमा यज्ञमणी (भरत) रेग्मी चयन भएका छन् । महाधिवेशनले महिला संयोजकमा कुमारी जि .सी. र युवा संयाेजकमा कमल राज अधिकारीलाई जिम्मेवारी सुम्पेको छ । संस्थाको  संरक्षकमा इञ्जिनियर कुल बहादुर कार्की, इञ्जिनियर नरायण भट्टराई, इञ्जिनियर उदय हाडा तथा सल्लाहकारमा  कृष्ण दत्त भट्ट, खेम पौडेल, धनेद्र बस्नेत र कृष्ण गैरेलाई चयन गरिएको छ ।

नयाँ कार्य समितिका कार्यकारी सदस्यहरूमा डा. सिताराम घिमिरे, इञ्जिनियर बरुण शुवाल, इञ्जिनियर मनोज बस्नेत, रवि जैन, भगवती तमाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे सर्वसम्मत चुनिएका छन् । नारायण भट्टराई, उदय प्रकाश हाडा र यादव काफ्ले नेतृत्वको निर्वाचत मण्डलले निर्वाचन सम्पन्न गरेको हो । निर्वाचित पदाधिकारीलाई आइतबार नै पद तथा गोपनियताको सपथ खुवाइएको छ भने प्रमाण पत्रसमेत वितरण गरिएको छ ।

एनआरएन केन्याका निवर्तमान अध्यक्ष कृष्ण दत्त भट्टले नयाँ कार्य समितिलाई आगामी कार्य कालको सफलताका लागि शुभकामना दिएका छन् । नव निर्वाचित अध्यक्ष डुम्रेले आफूलाई विश्वास गरी अध्यक्षको जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै केन्यामा रहेका सम्पूर्ण नेपालीलाई समेटेर लैजाने बताए । ‘तपाईको अदम्य प्रेम, विश्वासलाई निराशामा परिणत हुन दिने छैन,’ उनले भने, ‘तपाईहरुको सल्लाह, सुझाव र सहयोगकै आधारमा अघि बढ्नेछु ।’