मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ भदौ २३ सोमबार १२:१८:००
Read Time : < 1 मिनेट
समाचार

बहुविवाह आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ भदौ २३ सोमबार १२:१८:००

बहुविवाह गरेको उजुरी परेपछि गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीकी श्रीमती सिता केसीले १० भदौमा जिल्ला प्रहरी कार्यालयमा गिरीले बहुविवाहको उजुरी दिएकी थिइन् । 
जाहेरी परेपछि फरार रहेका गिरी आइतबार प्रहरीको सम्पर्कमा आएका थिए । प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले गिरीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । 
केसीसँग २०५७ सालमा प्रेम बिवाह गरेका गिरी केही समयदेखि छुट्टै बस्दै आएका थिए । अध्यक्ष गिरीले दोस्रो विवाह नगरेको दावी गरेका छन् । उनले प्रहरीको अनुन्धानमा सहयोग गर्ने बताए ।