मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २३ सोमबार ०७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नख्खु कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

Read Time : < 1 मिनेट
२०७६ भदौ २३ सोमबार ०७:३२:००

नख्खु कारागारमा जबर्जस्ती करणी गर्ने कैदी धेरै रहेको पाइएको छ । पाँच सय ६२ कैदीबन्दीमध्ये एक सय ४० जबर्जस्ती करणीसम्बन्धी अपराधको सजाय भोगिरहेका छन् । जबर्जस्ती करणी अपराधमा एक सय ३१ जना नेपाली र ९ जना विदेशी कैदी छन् । 

जबर्जस्ती करणीपछि कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, चोरी मुद्दाका कैदीबन्दी रहेका छन् । कर्तव्य ज्यानमा ९० स्वदेशी र ६ जना विदेशी, लागुऔषधमा ७३ स्वदेशी र ३३ जना विदेशी, चोरीमा ३६ स्वदेशी र एकजना विदेशी नख्खु कारागारमा छन् । बैंकिङ कसुरमा ३१ स्वदेशी र २ जना विदेशी, अपहरणमा १६ स्वदेशी र ३ विदेशी र ठगीमा २३ स्वदेशी कैदी छन् ।

चेतनाको स्तर वृद्धि, वैदेशिक रोजगारी, कानुनमा सहज पहुँच, विवाहइतर सम्बन्ध, नैतिकताको कमी, सामाजिक सहिष्णुतामा कमीलगायतका कारणले जबर्जस्ती करणीको अपराध बढेको सूचना अधिकारी कमलप्रसाद पाण्डेले बताए । उनले भने, ‘पहिला पनि बलात्कारका घटना हुन्थे, तर रिपोर्ट हुँदैनथ्यो ।

अहिले मानिसमा चेतनको स्तर बढेको छ । त्यसैले, प्रहरीमा रिपोर्ट हुन्छ । विवाहइतर सम्बन्ध, नैतिकताको कमी, सामाजिक सहिष्णुतामा कमीलगायतका कारणले जबर्जस्ती करणीको अपराध धेरै भएको देखिन्छ ।’ 

 थुनुवा भने लागुऔषधका धेरै

नख्खु कारागारमा थुनुवा भने लागुऔषधसम्बन्धी मुद्दाका धेरै छन् । दुई सय ४४ स्वदेशी र ११ विदेशी थुनुवा लागुऔषधसम्बन्धी मुद्दाका छन् । कारागारको अभिलेखअनुसार  कैदीबन्दी र थुनुवा गरी १४ सय ४६ व्यक्ति कारागारमा छन् । 

आठ सय ८४ थुनुवा मात्र छन् । एक सय २७ स्वदेशी र दुई विदेशी थुनुवा जबर्जस्ती करणी मुद्दा, कर्तव्य ज्यान मुद्दाका ९५ स्वदेशी र १ विदेशी, डाका मुद्दाका ६३ स्वदेशी र सात विदेशी, बौंकिङ कसुरका ३१ स्वदेशी र पाँच विदेशी, ठगीका ४२ स्वदेशी र तीन विदेशी थुनुवा छन् ।