१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २२ आइतबार १५:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पशुपतिनाथको आरतिअघि राष्ट्रिय गान बजाउने निर्णयमा विचार गर्न कांग्रेसकाे आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २२ आइतबार १५:१९:००

कांग्रेस सांसद भिमसेनदास प्रधानले पशुपतिनाथको आरति कार्यक्रमभन्दा अगाडि नेपालको राष्ट्रिय गान बजाउनु पर्ने व्यवस्था समग्र धर्म, परम्परा तथा संस्कृतिविरुद्ध भएकाले विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बैठकमा आइतबार उनले पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी तथा किरीयापुत्रीहरु पनि हुने स्मरण गराउँदै शोकमा रहेका र दाहसंस्कारमा रहेकाहरुले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने उल्लेख गरे । सरकारको निर्णयले निर्णयले राष्ट्रिय गानकै अनादर गरेको उनले टिप्पणी गरे । 

‘बारम्बार किन सरकारले विवादित कुरा ल्याउँछ ?,’ उनले प्रश्न गरे, ‘अहिले सरकारको साख गिरेकोमा हामीलाई चिन्ता लागेको छ । यस्तै कारणले गणतन्त्रमाथि नेपाली जनताको अनास्था प्रकट भएको छ ।’ सरकारका पछिल्ला निर्णय पञ्चायतको पुनरावृत्ती जस्तो देखिएको भन्दै उनले जहाँ पायो त्यहाँ राष्ट्रिय गान बजाउँदा सम्मान भन्दा अपमान हुने र गरिमा घट्ने तर्फ सरकारलाई सचेत गराए । 

केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिको आरतिअगाडि राष्ट्रिय गान बजाउनुपर्ने भन्दै सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।