१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं  
२०७६ भदौ २२ आइतबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

डेंगू नियन्त्रणका लागि सरकार गम्भीर नभएको कांग्रेस सांसदको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं  
२०७६ भदौ २२ आइतबार १४:४२:००

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदले डेंगू रोग नियन्त्रणका लागि ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारसँग माग गरेको छ । 

कांग्रेस सचेतक पुष्पा भुसालले आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै ७० हजार भन्दा बढी नागरिकलाई डेंगूको संक्रमण हुँदा पनि नियन्त्रण गर्न प्रभावकारी कदम नचालेको भन्दै सरकारको आलोचना गरिन् । 

उनले डेंगू नियन्त्रणका लागि ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराइन् । ‘जनस्वास्थ्यसँग जोडिएको विषयमा सरकार किन गम्भीर नभएको ?,’ उनले प्रश्न गरिन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगू नियन्त्रणका लागि गाउँगाउँमा चिकित्सक परिचालन गर्न नसकेको भन्दै उनले आपत्ति जनाइन् । कांग्रेस सांसद डिला संग्रौलाले पनि डेंगू रोगको नियन्त्रणका गर्न सरकार असफल भएको भन्दै सरकारको चर्को आलोचना गरिन् ।

संग्रौलाले महामारीको रुपमा फैलिन लागेको डेंगू नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाइन् । चिकित्सकहरुका अनुसार हाल सो रोगको संक्रमणमा परी ३ हजार ५ सय ८० जना विरामी अस्पतालमा भर्ना भएका छन् । त्यसै गरी सो रोगको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ ।