१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार ११:३०:००
Read Time : < 1 मिनेट
नयाँCity

उच्च वर्गको रोजाइमा भैँसेपाटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार ११:३०:००

काठमाडौं उपत्यकामा मलाई सबैभन्दा बढी सानेपा, झम्सिखेल र पुल्चोक क्षेत्र मन पर्छ । मेरो बाल्यकाल त्यही क्षेत्रमा बित्यो । अहिले पनि त्यहीँ बस्छु । स्कुल पनि सेन्टमेरिज पढेँ । पहिले सानेपाबाट किनमेल गर्नुपरे वा राम्रो रेस्टुराँमा खान काठमाडौं धाउनुपथ्र्यो । अहिले भने सोही क्षेत्रमा ठुल्ठूला मल खुलिसकेका छन् । सिनेमा त्यहीँ हेर्न पाइन्छ, सपिङ पनि त्यहीँ गर्न पाइन्छ । भाटभटेनी र लबिम मल खुलेका छन् । झम्सिखेल क्षेत्र रेस्टुराँले भरिएको छ, राम्रा होटेल खुलेका छन् ।

भैँसेपाटीमा व्यवस्थित बसोवास छ, भिडभाड छैन र शान्त छ । यस्तै, महाराजगन्ज पनि ‘हाइप्रोफाइल जक्सन’ र व्यवस्थित आवासीय क्षेत्र बन्यो ।

सानो छँदा घरवरिपरि खेतैखेत थिए । घरबाटै बागमती बगेको देखिन्थ्यो । धरहरा र स्वयम्भू पनि देखिन्थे । हिमाल छर्लंगै देखिन्थ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उड्दै र अवतरण गर्दै गरेका देखिन्थे । अब त सानेपा, झम्सिखेल, पुल्चोक, जावलाखेल पूरै भरिइसकेका छन् । तैपनि काठमाडौंको तुलनामा भिडभाड कम छ ।

ललितपुरको भैँसेपाटी पनि राम्रो आवासीय क्षेत्र बनेको छ । उच्च वर्गको रोजाइमा भैँसेपाटी पर्न थालेको छ । त्यहाँ व्यवस्थित बसोवास छ, भिडभाड छैन र शान्त छ । यस्तै, महाराजगन्ज पनि ‘हाइप्रोफाइल जक्सन’ र व्यवस्थित आवासीय क्षेत्र बन्यो ।