मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार १०:४३:००
Read Time : < 1 मिनेट
नयाँCity

मेलिना राईको गायनशैली मिठासपूर्ण : आशिष अविरल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार १०:४३:००

गायिका मेलिना राईको स्वर सुरिलो छ । उनको गायनशैली मिठासपूर्ण छ । गाउने वेला हरेक कुरालाई कहाँ एक्स्चेन्ज गर्ने, कहाँ डाइनामिक्स दिने भन्ने कुरा उनलाई थाहा छ । उनी मलाई परेकी गायिका हुन् ।

मेलिना नेपाली गीत/संगीतमा लामो रेसको घोडा हुन् जस्तो लाग्छ । तर, उनले स्टेजमा अलि हाई नोटमा गाउने गरेको गुनासो सुन्ने गरेको छु । त्यसलाई अलिकति सुधारेर जानुपर्ने देख्छु । त्यसभन्दा अरू उनको कमजोरी पक्ष देखेको छैन ।

मेलिनासँग यसअघि एउटा युगल गीतमा काम गरेको थिएँ । शान्त गुरुङ र उनले गाएका थिए । अहिले मेलिनाकै प्रोजेक्टका लागि काम पनि गर्दै छु । मेरो काम गर्ने शैली अलि फरक छ । त्यसैले मसँग काम गर्दा अलि ‘डिसेन्ट’ अनुभूति भयो भन्छन् । जस्तो– मेलिनाले त्यतिवेला आफूलाई गीत गाएजस्तै नलागेको बताएकी थिइन् ।