१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका तनहुँ 
२०७६ भदौ २१ शनिबार १८:३९:००
Read Time : < 1 मिनेट
समाचार

कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका तनहुँ 
२०७६ भदौ २१ शनिबार १८:३९:००

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त हुँदै गएको आरोप लगाएका छन् । विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसरमा शनिबार नेपाल तरुण दलले भिमादमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले दिनहुँ भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा पनि सरकार टुलुटुलु हेरेर मात्र बस्ने गरेको बताए । 

‘यो सरकार आएदेखि भ्रष्टाचार मौलायो,’ उनले भने, ‘दुई तिहाईको सरकार बनेदेखि देशमा सुशासन हराउँदै गएको छ ।’ उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग साना कर्मचारी कारबाहीमा केन्द्रीत भएर ठुला माछा समाउन चुकेको बताए । 

उनले राज्य दिनहुँ टाँट पल्टेको उल्लेख गर्दै कुरा मात्र गरेर समृद्धि र विकास नहुने स्पष्ट पारे । ‘भाषणले मात्र देश विकास हुँदैन,’ उनले भने, ‘पानी जहाज, रेल, घरघरमा ग्याँस भनेर जनता झुक्याउने सरकारले यति लामो अवधिसम्म केही गर्न सकेन् ।’ उनले जनतालाई नझुक्याउन सरकारलाई चेतावनी दिए ।