Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २० शुक्रबार ०७:१४:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रहरीद्वारा गाँजा नष्ट

Read Time : < 1 मिनेट
२०७६ भदौ २० शुक्रबार ०७:१४:००

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका–१ चुचुरे गर्जाङमा व्यावसायिक रूपमा किसानले लगाइएको करिब ४ सय बोट गाँजा प्रहरीले फँडानी गरेको छ । व्यावसायिक रूपमा खेत तथा बारीमा त्यस भेगका किसानले गाँजा लगाउँदै आएका थिए ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी चुचुरेको शिवालयबाट गएको प्रहरीको संयुक्त टोलीले बारीमा लगाइएका ४ सय बोट गाँजा काटेर नष्ट गरेको छ । गाँजा लगाएको स्थान पुगेको प्रहरीको टोलीले स्थानीयको रोहरबरमा गाँजा फँडानी गरी नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए । 

यसअघि पनि प्रहरीले रामेछापको खाँडादेवी गाउँपालिकाको माकादुममा व्यावसायिक रूपमा गाँजा खेती गर्दै आएका केही किसानको बारीमा पुगी गाँजा नष्ट गरेको थियो । पछिल्लो समय रामेछापमा गाँजा, भाङ, धतुरोलगायत लागुऔषध प्रयोग गर्ने नागरिकको संख्यामा वृद्धि भएको छ । विशेष गरी युवा पुस्तामा  लागुऔषध प्रयोग गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । युवायुवती अर्काको लहैलहैमा लागेर आगुऔषधतर्फ अग्रसर भएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । 

सचेतनामूलक कार्यक्रम
लागुऔषध दुव्र्यसनीबाट युवायुवतीलाई जोगाउन जिल्लामा प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । प्रहरीले जिल्लाका विभिन्न सामुदायिक विद्यालय, निजी विद्यालय र जिल्लाका २ नगरपालिकासहित ६ वटा गाउँपालिका गरी ८ वटै स्थानीय तहमा पुगेर लागुऔषध दुव्र्यसनीबाट हुने बेफाइदा र यसले शरीरमा हुने हानिदेखि आफ्नो जायजेथासमेत स्वाहा हुने भन्दै चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । प्रहरीले जति नै चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरे तापनि लागुऔषध सेवन गर्ने युवायुवतीको संख्यामा भने गिरावट आउन सकेको छैन ।