मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका दैलेख
२०७६ भदौ २० शुक्रबार ०६:४३:००
Read Time : < 1 मिनेट
समाचार

गाई हत्या प्रकरण : गृह मन्त्रालयको छानबिन टोली दैलेखमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका दैलेख
२०७६ भदौ २० शुक्रबार ०६:४३:००

सुर्खेतको कटुकामा भएको गोवध प्रकरणबारे छानबिन गर्न गृह मन्त्रालयको टोली दैलेख आइपुगेको छ । टोलीले बिहीबार बिहान जिल्ला समन्वय समितिका संयोजक प्रेम थापालगायतसँग छलफल गरी केही कागजात नियन्त्रणमा लिएको छ ।

साथै, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी गरेको संयोजक सागरमणि पाठकले जानकारी दिए । शिरिस्थान मन्दिर पुगेर स्थलगत अध्ययनपछि टोली बिहीबार नै सुर्खेत फिर्ता भएको छ । 

यसअघि नेपालगन्जबाट सातजनाको छानबिन टोली दैलेख आई विभिन्न निकायसँग सोधपुछ गरेको थियो । जिल्ला समन्वय समिति दैलेखले उन्नत गाई पठाइदिन भन्दै पठाएको आधिकारिक पत्रबारे अहिले फरक–फरक बहस सिर्जना भएको छ ।

नक्कली पत्र बनाइएको भन्ने विषयले समेत चर्चा पाएको छ । जिल्ला समन्वय समितिले किसानहरूलाई निःशुल्क उन्नत गाई उपलब्ध हुने भए समन्वय गर्न तयार रहेको भन्दै निर्णयसहित ८ भदौमा पत्र पठाएको खुलेको छ । गृह मन्त्रालयको टोलीले जिससले गरेको निर्णय प्रतिलिपि र पत्रलगायतका कागजात लगेको स्रोतले बतायो ।