मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
 निरञ्जन मैनाली
२०७६ भदौ १९ बिहीबार ०९:२८:००
Read Time : < 1 मिनेट
ब्लग

आयोजना नभाँड

Read Time : < 1 मिनेट
 निरञ्जन मैनाली
२०७६ भदौ १९ बिहीबार ०९:२८:००

विभिन्न सञ्चार माध्यममा प्रदेश २ का पर्यटन तथा वनमन्त्रीले बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफूहरूसित सहकार्य नगरिए अदालत जाने चेतावनी दिएको समाचार पढ्दा हामी बारावासी दुःखी भएका छौँ । 

यो विमानस्थल निर्माणको अवधारणा ०५२ सालमै अघि सारिएको हो । त्यसयता २४ वर्ष पार भइसकेको छ । विमानस्थल निर्माण आयोजना स्थलभित्र पर्ने बस्तीको मुआब्जाका लागि अर्बभन्दा बढी रकम वितरण पनि भइसकेको छ । तर, यतिखेर आएर प्रदेश २ सरकारका पर्यटन तथा वनमन्त्री रामनरेश यादवले आयोजना स्थलमा पर्ने जंगलबाट रूख काट्न नदिने भन्दै अवरोध गरेको सुनिँदै छ ।

साथै, उनले महोत्तरी र सर्लाहीमा समेत खाली जमिन भएको भन्दै त्यहीँ यो आयोजना अघि बढाउन प्रस्तावसमेत गरेका छन् । तर, कुनै पनि बहानामा यसरी सुरु हुन लागिसकेको आयोजना भाँड्ने, बिथोल्ने र अवरोध सिर्जना गर्ने काम कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । 
कोल्हवी–२, निकास, बारा
हाल : काठमाडौं