मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ १८ बुधबार १४:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बारा पर्साका हावाहुरी पीडितलाई घर हस्तान्तरण

Read Time : < 1 मिनेट
२०७६ भदौ १८ बुधबार १४:३०:००

बारा र पर्सामा गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित परिवरका लागि बनाइएको घर बुधबार रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन् । 
वीरगंजको भिष्वा होटलमा आयोजित कार्यक्रममा हुरी प्रभावित बारा र पर्साका स्थानीय तहका प्रमुखलाई पोखरेलले नमुना घर हस्तान्तरण गरेका हुन् । 

हावाहुरी प्रभावितका लागि बनेका ६ सय ६९ घर हस्तान्तरण भएको हो । बारको फेटा, परवानीपुर, सुवर्ण गाउँपालिका र गढीमाई नगरपालिकाको तेलगाईका हावाहुरी पीडितका लागि बनाइएको घर तयार भइरहेको छ । त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिकाको जगरनाथपुरमा पनि हावाहुरीले घर भत्काएको थियो । नेपाली सेनाले ती घर बनाएको हो । 

पोखरेलले समयमै घर निर्माण गरेकोमा सेनालाई धन्यवाद दिए । हावाहुरी पीडितका लागि निर्माण गर्ने घरको गत २१ चैतमा शिलन्यास भएको थियो । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापालगायतको उपस्थिति थियो ।