मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १८ बुधबार १४:०४:००
Read Time : > 1 मिनेट
साहित्य

प्रकाश थाम्सुहाङले भने, ‘आम मानिसको पसिनाले स्थापित पुरस्कार पाएको हुँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १८ बुधबार १४:०४:००

झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा कवि तथा समालोचक प्रकाश थाम्सुहाङलाई  ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार’ द्वारा सम्मानित गरिएको छ । नन्दहाङ नेम्बाङको अध्यक्षता र आख्यानकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उनलाई ३० हजार राशीको पुरस्कारले सम्मानित गरिएको हो ।

१७ भाद्रमा प्रदान गरिएको पुरस्कार प्राप्त गरेपछि प्रकाश थाम्सुहाङले नयाँ पत्रिका दैनिकलाई भने, ‘नेपालमा साहित्यिक पुरस्कार चार किसिमका छन् । ती हुन् राज्यसत्ताद्वारा स्थापित पुरस्कार, राजा महाराजका नाममा स्थापित पुरस्कार, कालो धनबाट स्थापित पुरस्कार र आम मानिसले आफ्नो पसिनाबाट स्थापना गरेका पुरस्कार ।’ 

साथै उनका अनका अनुसार दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार चाहिँ आम मानिसले आफ्नो पसिनाको कमाइबाट स्थापित पुरस्कार रहेको बताए । उनलाई यस पुरस्कार दिइनुको कारण खुलाउँदै भने, ‘विगत दुई दशकदेखिको नेपाली साहित्यमा थोरै भए पनि पु¥याएको योगदानलाई कदर गरेजस्तो लाग्छ ।’ साथै आफूले ति योगदान गरेको भन्ने कुरा समयले पनि मूल्यांकन गर्दो रहेछ भनेर खुसी भएको पनि बताए । 

 नेपालमा साहित्यिक पुरस्कार चार किसिमका छन् । ती हुन् राज्यसत्ताद्वारा स्थापित पुरस्कार, राजा महाराजका नाममा  स्थापित पुरस्कार, कालो धनबाट स्थापित पुरस्कार र आम मानिसले आफ्नो पसिनाबाट स्थापना गरेका पुरस्कार । मैले चौथो श्रेणीको पुरस्कार पाएको हुँ 

प्रकाश थाम्सुहाङ विगत दुई दशकदेखि नेपाली कविता लेखन तथा समालोचनाको क्षेत्रमा सक्रिय छन् । मोसफलमा बसेर पनि  नेपाली साहित्यमा प्रभावकारी उपस्थिति जनाइरहेका उनका कविता तथा लेखहरु राष्ट्रिय मिडियामा प्रकाशित भइरहन्छन् । कार्यक्रममा पुरस्कृति व्यक्तित्वमाथि बोल्दै कवि मुनाराज शेर्माले भने, ‘अहिले प्रकाश थाम्सुहाङ उम्दा कवि तथा समालोचक हुन् । उनको लेखनीमा विचार र कलाको पक्षको उत्कृष्ट संयोजन पाइन्छ ।’ साथै प्रमुख अतिथि कृष्ण बरालले प्रकाश थाम्सुहाङ पूर्वका चितुवा रहेको बताउँदै भने, ‘उनको सृजनात्मक नङ्ग्राले समयको अनुहारलाई चिथोर्ने सामथ्र्य राख्छ ।’ 

अर्का वक्ता धर्मेन्द्र विक्रम नेम्बाङले पूर्वी नेपालमा २०१७ सालमा भएको सशस्त्र विद्रोहमा दिव्यविक्रम नेम्बाङको यथेष्ट भूमिका रहेको बताउँदै दिव्यविक्रमबारे आफ्नो धारणा रखेका थिए ।  स्व.दिव्यविक्रम नेम्बाङ २०१७ सालको क्रान्ति योद्धाका रुपमा चिनिन्छन् । त्यसबेला कांग्रेसको राजनीति गरेवापत उनलाई देश निकाला गरिएको थियो । पछि कांग्रेस नेता सुवर्ण शमशेरले नेपाल प्रवेश गराएका मध्ये उनी पनि एक हुन् । नेम्बाङ शिक्षा क्षेत्रमा लागेर प्रधानाध्यापकसम्म भएका थिए ।  दाजिलिङबाट म्याट्रिक गरेका नेम्बाङका दार्जिलिङ  र काठमाडौंबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा कविता, निबन्ध छापिएका छन् ।