Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ १८ बुधबार ०६:२४:००
Read Time : < 1 मिनेट
अर्थ

‘क्विक भुक्तानी’का लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता

Read Time : < 1 मिनेट
२०७६ भदौ १८ बुधबार ०६:२४:००

‘क्विक भुक्तानी’ सेवा प्रयोगका लागि मेगा बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच सहकार्यात्मक सम्झौता भएको छ । ‘क्विक भुक्तानी’ नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लेटफर्म हो । यो युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा एफवान सफ्ट इन्टरनेसनलले तयार पारेको हो । 

सम्झौताअनुसार मेगा बैंकले आफ्ना ग्राहकलाई यस प्लेटफर्ममार्फत इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउनेछ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ । 

सहकार्यसँगै विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता, सप्लायर तथा क्रेता कम्पनीले यस प्लेटफर्म प्रयोग गरी तुरुन्तै मेगा बैंकबाट भुक्तानी लिन सक्नेछन् । सप्लायरले क्रेता कम्पनीलाई सामान उपलब्ध गराइसकेपछि यो प्लेटफर्म प्रयोग गरी सामानको बिलबराबरको रकम तुरुन्तै बैंकबाट भुक्तानीको व्यवस्था मिलाइएको छ ।

यसले सप्लायरहरूलाई बिलको रकम तुरुन्त भुक्तानीको सुविधा प्रदान गर्दछ भने क्रेता कम्पनीलाई आफ्नो चालू पूँजी व्यवस्थापन गर्न मद्दत मिल्नेछ । सेवा सञ्चालनसँगै बैंक, क्रेता कम्पनी र सप्लायर एकैसाथ आबद्ध हुन सक्ने अनलाइन प्लेटफर्मबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिइएको छ ।