मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १७ मंगलबार ०७:४२:००
Read Time : < 1 मिनेट
अर्थ

नबिल बैंकको दुर्घटना बिमा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १७ मंगलबार ०७:४२:००

व्यक्तिगत बचत खातामा १३ घातक रोगको बिमा सुविधा प्रदान गर्दै आएको नबिल बैंकले व्यक्तिगत बचत खाताका ग्राहकलाई लक्षित गरी १० लाख रुपैयाँको सामूहिक व्यक्तिगत दुर्घटना बिमा योजना ल्याएको छ ।

योजना १५ भदौदेखि लागू हुने बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एनएलजी बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

योजनाअन्तर्गत दैनिक मौज्दात ५ हजार रुपैयाँ वा सोभन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाले सामूहिक व्यक्तिगत दुर्घटना बिमा सुविधा पाउनेछन् । बचतकर्ताको दुर्घटनामा मृत्यु भएमा वा स्थायी पूर्ण असक्त भएमा एकमुस्ट १० लाख रुपैयाँ बिमा रकम प्रदान गरिने बैंकले जनाएको छ ।

नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकका हकमा भने बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली ५ हजार रूपैयाँ वा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट योजनामा सहभागी हुन सकिनेछ । कुनै उमेर हद नभए पनि नाबालकको हकमा खाता संरक्षक योजनामा बिमित हुन सक्नेछन् ।