Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १७ मंगलबार ०६:२९:००
Read Time : < 1 मिनेट
समाचार

सत्यनिरूपण र बेपत्ता आयोग अझै खाली

प्रधानमन्त्रीको प्रतिबद्धता भएन पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १७ मंगलबार ०६:२९:००

प्रधानमन्त्री केपी ओलीले १ भदौमा संसद्मा सम्बोधन गर्दै सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग एक हप्ताभित्र गठन हुने बताएका थिए । तर, दुई हप्ता बितिसक्दा पनि आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिले नाम सिफारिस गर्न सकेको छैन ।

सत्तारुढ नेकपाकै प्रमुख सचेतक देव गुरुङ, सांसद एवं पूर्वमन्त्री जनार्दन शर्मालगायतले संसद् बैठकमा पटक–पटक यी दुई आयोग गठन र तिनका कामकारबाहीबारे चासो व्यक्त गर्दै आएका थिए । 

१ भदौको बैठकमा प्रधानमन्त्री ओलीले द्वन्द्वका घाउ बाँकी नै रहनु र तिनलाई सम्झेर कतै चित्त दुख्ने कतै घाउ चह-याउने स्थिति हुनु उपयुक्त नहुने बताएका थिए । दुवै आयोगका पदाधिकारी नियुक्त गर्न गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।