१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १६ सोमबार १४:०८:००
Read Time : < 1 मिनेट
सप्तरंग

नेपाली चलचित्रको प्राज्ञिक सम्मेलन २६ भदौबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १६ सोमबार १४:०८:००

यही २६, २७ र २८ भदौमा तीन दिने नेपाली चलचित्रको प्राज्ञिक सम्मेलन हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा राष्ट्रिय चलचित्र क नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको हो । 

सम्मेलनमा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्र माथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल लगायतका कार्यक्रम रहने आयोजकले जनाएको छ ।

त्यस अवसरमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल हुने सम्मेलन संयोजक अनुप सुवेदीले जानकारी दिए । सो अवसरमा बरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा. हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘किनोट स्पीच’ पनि समेटिने सुवेदीले बताए ।

सम्मेलनले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरुलाई नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र  चलचित्रलाई बौद्धिक क्षेत्रको चासो भित्र पार्न मद्दत पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ ।