मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १६ सोमबार ०६:५७:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा बैंक र एफवान सफ्टबीच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १६ सोमबार ०६:५७:००

मेगा बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच ‘क्विक भुक्तानी’ सेवा प्रयोगका लागि सहकार्यात्मक सम्झौता भएको छ । ‘क्विक भुक्तानी’ नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लेटफर्म हो । यो युके एडसक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा एफवान सफ्ट इन्टरनेसनलले तयार पारेको हो । 

सम्झौताअनुसार मेगा बैंकले आफ्ना ग्राहकलाई यस प्लेटफर्ममार्फत इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउनेछ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ । सहकार्यसँगै विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता, सप्लायर तथा क्रेता कम्पनीले यो प्लेटफर्म प्रयोग गरी तुरुन्तै मेगा बैंकबाट भुक्तानी लिन सक्नेछन् ।

सप्लायरले क्रेता कम्पनीलाई सामान उपलब्ध गराइसकेपछि यो प्लेटफर्म प्रयोग गरी सामानको बिलबराबरको रकम तुरुन्तै बैंकबाट भुक्तानीको व्यवस्था मिलाइएको छ । यसले सप्लायरहरूलाई बिलको रकम तुरुन्त भुक्तानीको सुविधा प्रदान गर्छ भने क्रेता कम्पनीलाई आफ्नो चालू पुँजी व्यवस्थापन गर्न मद्दत मिल्नेछ । 

सेवा सञ्चालनसँगै बैंक, क्रेता कम्पनी र सप्लायर एकैसाथ आबद्ध हुन सक्ने अनलाइन प्लेटफर्मबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिइएको छ ।