मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ १५ आइतबार १५:३६:००
Read Time : < 1 मिनेट
समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७६ भदौ १५ आइतबार १५:३६:००

कोशी गाउँपालिका ३ मा आइतबार दिउँसो हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय अनमोल मुखिया रहेको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । 

खहरे खोलामा माछा मार्ने क्रममा उनलाई कोशी टाप्पु बन्यजन्तु आरक्षण क्षेत्रबाट आएको हात्तीले आक्रमण गरेको थियो । 

उनी सँगै माछा मार्न गएका अन्य दुई जना भने भाग्न सफल भएको प्रहरीले जनाएकोे छ । उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ ।