मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १०:१७:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ पत्रिकाकर्मी ढुंगानालाई सुशासन पत्रकारिता पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १०:१७:००

काठमाडौंं : नयाँ पत्रिकाकर्मी पुष्प ढुंगाना काठमाडौं महानगरपालिकाको सुशासन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । महानगरको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ढुंगाना पुरस्कृत भएका हुन् ।

महानगरले सुशासन पत्रकारिता पुरस्कार विधामा समाचार लेख्दै आएका १० जना पत्रकारलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पुरस्कृत हुनेमा कान्तिपुरका दीपेन्द्र विष्ट, नागरिक दैनिकका खिलक बुढाथोकी, अनलाइन खबरका रवीन्द्र घिमिरे, बाह्रखरी अनलाइनका सुरञ्जन घिमिरे, सन्यक साप्ताहिकका सुगतरत्न सिन्धुकार, अन्नपूर्ण पोस्टका छेटु शेर्पा, उज्यालो एफएमका सिल्भिया राजोपाध्याय, एभिन्युज टेलिभिजनका रामशुभक महतो र संस्थागत रूपमा नेवाः एफएमलाई पुरस्कृत गरेको हो । सम्मानित पत्रकारलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुरस्कार प्रदान गरेका थिए ।