मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ १४ शनिबार ०९:११:००
Read Time : < 1 मिनेट
सप्तरंग

मिस्टर नेपाल अक्षयलाई मल्टिमिडिया अवार्ड 

Read Time : < 1 मिनेट
२०७६ भदौ १४ शनिबार ०९:११:००

 मिस्टर वर्ल्ड २०१९ को प्रतिस्पर्धाका लागि नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्सको मनिला पुगेका मिस्टर नेपाल अक्षय रायमाझीले मल्टिमिडिया अवार्ड लिएर आएका छन् । विश्वका ६० भन्दा बढी राष्ट्रका प्रतिनिधिलाई पछि पार्दै उनी उत्कृष्ट १२ मा पर्न सफल भएका थिए । उनी अवार्ड लिएर बुधबार राति स्वदेश फर्किएका हुन् ।

फिलिपिन्सको मनिलामा सम्पन्न प्रतियोगितामा अक्षयले सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनालालगायत नेपालको पहिचान झल्कने भिडियो प्रस्तुत गरेका थिए । सोही भिडियोले उनलाई मल्टिमिडिया अवार्ड दिलाएको उनले बताए । अक्षयले नेपाली कलासंस्कृति झल्कने वेशभूषासहितको कालभैरव नृत्यसमेत प्रतियोगीमाझ प्रस्तुत गरेको बताए । 

‘शीर्ष उपाधि भित्र्याउन नसके पनि मल्टिमिडिया उपाधि भने स्वदेश ल्याएको छु’, उनले खुसी हुँदै भने ।  उनले विश्वका प्रतिनिधिलाई भिजिट नेपाल २०२० को निम्तोसमेत दिएको बताए । अक्षय ‘मिस्टर नेपाल २०१७’ का विजेता हुन् ।