मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ १३ शुक्रबार ०८:२१:००
Read Time : < 1 मिनेट
समाचार

खानेपानी आयोजनामा चौपक्षीय सम्झौता

Read Time : < 1 मिनेट
२०७६ भदौ १३ शुक्रबार ०८:२१:००

सुनकोसी पाँचखाल बृहत् खानेपानी आयोजनासम्बन्धमा बिहीबार चौपक्षीय सम्झौता भएको छ । सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाअन्तर्गत सुनकोसी पाँचखाल नगर आयोजना कार्यान्वयन गर्ने सम्बन्धमा आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, पाँचखाल नगरपालिका र सुनकोसी पाँचखाल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सहमति भएको हो ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा पाँचखाल नगरपालिकामा बिहीबार एक कार्यक्रम गरी चौपक्षीय सहमति भएको हो । तीन वर्षभित्र आयोजना सम्पन्न हुने बताइएको छ । 

त्यस क्रममा मन्त्री बाँस्कोटाले आयोजना निर्धारित समयमै सम्पन्न हुने र खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे । प्रदेश सांसद लक्ष्मण लम्सालले पाँचखालवासीलाई खुसीसँगै चुनौती पनि थपिएको बताए । चुनौती सामना गरी पाँचखालवासीको सपना पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । 

आयोजना निर्माणका लागि दुई अर्ब २२ करोड ५६ लाख २५ हजार रुपैयाँमा सम्झोता भएको छ । जसमा उपभोक्ताबाट पाँच प्रतिशतले हुने ११ करोड ८५ लाख नौ हजार पाँच सय ४३ रुपैयाँ संकलन गरिसकेको छ । त्यसबाहेक ऋणका रूपमा संघीय सरकारबाट ७० प्रतिशत अर्थात् एक अर्ब ५५ करोड २० लाख र नगरविकास कोषबाट २५ प्रतिशत अर्थात् ५५ करोड ४२ लाख ९७ हजार रुपैयाँको लागतमा आयोजना बन्नेछ ।