Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ १२ बिहीबार १८:५६:००
Read Time : < 1 मिनेट
समाचार

विप्लवका समुहका कार्यकर्ता आत्मसमर्पणपछि रिहा 

Read Time : < 1 मिनेट
२०७६ भदौ १२ बिहीबार १८:५६:००

हिरासतमा रहेका नेत्रविक्रम चन्द विप्लव समूहका सक्रिय सदस्य ढोरपाटन नगरपालिका–१ का हरि बहादुर कुँवरले बिहीबार जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेपछि उनी हिरासत मुक्त भएका छन् । 

प्रहरीले उनलाई १८ साउनमा बुर्तिबाङबाट पक्राउ गरेको थियो । कुवरले जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीलगायत सुरक्षा निकाय प्रमुख, नागरिक समाज र पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गरेका हुन् ।

कुँवरलाई ढोरपाटनको एनसेल टावर आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । आत्मसमर्पण गरेपछि उनले स्वतन्त्र नागरिकको हैसियतमा रहने बताए । ‘नेपालको संविधान र प्रचलीत नियम कानुन पूर्ण पालना गर्छु,’ उनले भने् । उनले विगतमा राष्ट्रिय जनमोर्चामा, नेकपा माओवादी, वैद्य माओवादी हुँदै विप्लव नेतृत्वको नकेपालाई समर्थन गरेको बताए ।