१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ ११ बुधबार १५:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

काठमाडौं तराई द्रुत मार्ग साढे तीन वर्षमा तयार हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ ११ बुधबार १५:०३:००

नेपाली सेनाले काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) ३ वर्ष ६ महिना भित्र सम्पन्न गर्ने जनाएको छ । 

सेनाले बुधबार पत्रकार सम्मेलन गरि द्रुत मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत मुल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब रहेको छ । अन्तराष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको क्रममा हुन अन्य विविध खर्चहरुको बारेमा भने सेनाले खुलाएको छैन । निर्माणको समयमा आउने विविध र भैपरि खर्च नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले जनाएको छ ।

द्रुत मार्ग खोकनाबाट सुरु भई नीजगढ सम्म चार लेनको ७२ दशमलब ५ किलोमिटर सडक निर्माण हुने भएको छ । यो यसअघिको डिपिआर भन्दा ३ दशमलब ७० किलोमिटर कम लम्बाई हो । पहाडी भुभागमा २५ मिटर र समथरमा २७ मिटर चौडा बाटो निर्माण हुने भएको हो । यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ । यो सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ । महादेव डाँडामा ३ दशमलब ३५ किलोमिटर, छोक्रेमा १ दशमलब ६३ किलोमिटर र लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङ्ग मार्ग बन्ने सेनाले जनायो । यसअघि एसियाली विकास बैकले छोक्रे डाँडा, ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा बनाउन लागेको हो ।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेनडाँडा क्षेत्र गरि दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो । धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरि सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबीद्वारा प्रस्तावित टनेलको विकल्पमा नयाँ थप टनेलहरु सहित रेखांकन परिर्वतन भएको छ ।

द्रुत मार्गको सम्पुर्ण कामको ८ प्रतिशत सम्पन्न भइसकेको सेनाले जनाएको छ । भदौ १ गते मन्त्रीपरिषद् बैठकले द्रुत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो । द्रुत मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने संभावना छ ।