१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका बाजुरा
२०७६ भदौ १० मंगलबार १०:३६:००
Read Time : < 1 मिनेट
प्रदेश

पहिरोको उच्च जोखिममा रुघाखोचा बस्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बाजुरा
२०७६ भदौ १० मंगलबार १०:३६:००

लगातारको वर्षाका कारण बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ मा रहेको रुघाखोचा बस्ती पहिरोको उच्च जोखिममा परेको छ । जडांगादेखि मनासम्म सडक बस्तीमाथि सडक निर्माण भइरहेकाले तल रहेको पूरै बस्ती पहिरोको जोखिममा परेको हो । 

नगरपालिकाले सडकको डिपिआर नबनाएरै भिरालो चट्टानमा सडक निर्माण गर्न थालेकाले वर्षाका कारण वेलावेलामा खसिरहेको चट्टानले बस्ती जोखिममा रहेको स्थानीय बताउँछन् । जीविकोपार्जनका लागि बडिमालिका नगरपालिका ५ को मनागाउँ छोडेर रुघाखोचामा बसाइँ सरेका चार घरपरिवार अहिले पहिरोको उच्च जोखिमा छन् । स्थानी लोकेन्द्र साउदका अनुसार पूरै बस्तीका बासिन्दा पहिरोको डरले रातभर सुत्न नसकेको बताए ।

बस्तीमाथि सडक निर्माणका क्रममा रहेकाले त्यहाँबाट खसेको पहिरोले कतिपय स्थानमा खेतीयोग्य जमिन पुरिएको छ । बाँकी स्थानमा पनि पहिरो खस्ने क्रम जारी रहेकाले आफूहरू चिन्तित भएको साउदले बताए । 

स्थानीय सुरत साउदले भने, ‘सडकनजिक आएर लगानी गरेर ब्राखा र तरकारी खेती गर्दै आएका छौँ । तर, नगरपालिकाले बस्तीको ख्यालै नगरी माथिबाट सडक बनाउँदा जोखिम बढेको छ ।’ साउदका अनुसार पहिरोले उनको खेत पुरिएको छ, घर पनि जोखिममा छ । बस्ती जोखिममा परेको कुरा नगरपालिकालाई अवगत गराए पनि वास्ता नगरेको गुनासो स्थानीयको छ । 

तटबन्धको पहल भइरहेको छ 
बडिमालीका नगरपालिका ५ का अध्यक्ष बलबहादुर थापाले भने सडकका कारण बस्ती जोखिमा परेको स्विकारे । पहिरोे रोकथामका लागि पहल भइरहेको उनले बताए । बस्तीको माथि तटबन्दन गर्ने नगरपालिकाको योजना रहेको उनले बताए ।