१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ भदौ ९ सोमबार १४:२८:००
Read Time : > 1 मिनेट
प्रदेश

एक वर्षमै पौने दुई लाख पुगे अन्नपूर्ण पदमार्ग

Read Time : > 1 मिनेट
२०७६ भदौ ९ सोमबार १४:२८:००

आर्थिक वर्ष ०७५/७६ मा एक सय ७० देशका एक लाख ८१ हजार सात सय ६३ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष ०७४/७५ भन्दा आठ हजार नौ सय दुईजनाले बढी हो ।

आव ०७४/७५ मा एक लाख ७२ हजार आठ सय ६१ जनाले पदमार्गको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखरा कार्यालका सूचना अधिकारी ऋषि बरालले जानकारी दिए । बरालका अनुसार भ्रमण गर्ने कुल पर्यटकमध्ये दक्षिण एसियाली देश सार्कका ४९ हजार पाँच सय ४८ र सार्कबाहेक एक लाख ३२ हजार दुई सय १५ छन् ।

सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९५ प्रतिशत भारतका थिए । पदयात्रा गर्ने एक सय ७० देशमध्ये चीन, फ्रान्स, जर्मनी, बेलायत, अमेरिका, केरिया, अस्ट्रेलिया, मलेसियालगायत देशका पर्यटक बढी छन् । असोजमा सबैभन्दा धेरै पर्यटक पदयात्रामा गएका थिए । १२ महिनामध्ये असोजमा मात्रै तेस्रो मुलुकका  २४ हजार ६ सय ९५ र सार्कका चार हजार पाँच सय २३ पर्यटक गएका थिए ।

व्यवस्थित बनाइँदै पदमार्ग 
अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरका अनुसार पदमार्गको भम्रण गर्ने कुल विदेशीमध्ये ५० हजार पर्यटक  अन्नपूर्ण आधार शिविरसम्म पुगेका थिए । गाउँपालिको वडा नम्बर ११ मा पर्ने आधारशिविरमा हरे वर्ष करिब दुई लाख ५० हजार आन्तरिक पर्यटक पुग्ने गरेका छन् । गाउँपालिकाले अन्नपूर्ण आधार शिविरसम्म जाने पदमार्गलाई व्यवस्थित बनाउन सुरु गरेको अध्यक्ष कुँवरको भनाइ छ । 
प्रदेश सरकारको आन्तरिका पर्यटन भ्रमण वर्ष सन् २०१९ र संघ सरकारको नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै गाउँपालिकाले पुल बनाउने, बाटो मर्मत गर्ने, आवश्यक पूर्वाधार थप्नेलगायत काम सुरु गरेको उनको भनाइ छ । पर्यटनको अथाहा सम्भावना बेकेको यो क्षेत्रलाई व्यवस्थितसँगै एकपटक आएकालाई पुनः आउने वातावरण बनाउन काम सुरु गरेको उनको भनाइ छ । 

सरकारले महत्व नदिएको गुनासो
आन्तरिक तथा बाह्य गरी बर्सेनि करिब चार लाख पर्यटक पुग्ने पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा प्रदेश तथा संघ सरकारले ध्यान नदिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकका अध्यक्ष ललित गुरुङले गुनासो गरे । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखी विकाससँगै संरक्षणमा सहयोग गर्नुपर्ने उनको भनाइ छ । तत्कालका लागि पदमार्गमा रहेका बाटो मर्मत, आवश्यक स्थानमा पुलसँगै हिम पहिरो नियन्त्रण गर्नुपर्ने उनले बताए । १२ महिना पर्यटक जान सक्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने उनी बताउँछन् ।