मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका लन्डन
२०७६ भदौ ९ सोमबार १२:०७:००
Read Time : < 1 मिनेट
खेलकुद

साबिक विजेता सिटी दोस्रो स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका लन्डन
२०७६ भदौ ९ सोमबार १२:०७:००

सर्जियो अगुएरोको दुई गोलको सहयोगमा आइतबार इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले बर्नामाउथलाई ३–१ ले हराएको छ । जितसँगै सिटी अंक–तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले तीन खेलबाट सात अंक जोडेको छ । लगातार तीन जित निकालेको सिटी शीर्ष स्थानमा छ । हारसँगै बर्नामाउथ चार अंकका साथ ११औँ स्थानमा छ । 

पहिलो हाफमा तीन गोल
प्रशिक्षक पेप ग्वार्डिओलाले पुनः एकपटक सिटीको डिफेन्स बलियो बनाउन सकेनन् । तर, अर्जेन्टिनी स्ट्राइकर अगुएरोले खेलको १५औँ मिनेटमा केभिन डे ब्रुयनेको सटीक पासमा पोस्टभन्दा आठ यार्डनजिकबाट सहजै सिटीलाई १–० को अग्रता दिलाए । खेलको ४३औँ मिनेटमा रहिम स्टेर्लिङले सिटीलाई २–० को अग्रता दिलाए । उनले डेभिड सिल्भाको छिटो पासमा गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा बर्नामाउथले २–१ को गोलअन्तर बनायो । बर्नामाउथका विस्थापन्न खेलाडी ह्यारी विल्सनले पोस्टभन्दा २५ यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गरे । 

करिअरको ४००औँ गोल
दोस्रो हाफमा सिटीले बर्नामाउथमाथि दबाब कायम राखेको थियो । उत्कृष्ट फर्ममा देखिएका अगुएरोले ६४औँ मिनेटमा सिटीलाई ३–१ को अग्रता दिलाए । ३१ वर्षीय स्ट्राइकर अगुएरोले पोस्टभन्दा १० यार्ड टाढाबाट पहिलो बारमा गोल गरे । उनको यो समग्र करिअरको ४००औँ गोल हो । यसैगरी, सिटीका लागि भने उनको यो दुई सय ३५औँ गोल थियो । सिटीले खेलमा ७४ प्रतिशत बल पोसेसन बनाएको थियो । सिटीले १९ पटक सट प्रहार ग-यो ।