१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ७ शनिबार २१:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ७ शनिबार २१:१२:००

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । शनिबार ट्वीटमार्फत उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै सांसद तथा पूर्व अर्थमन्त्री जेटलीप्रति दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा भारतीय जनता, सरकार र शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । जेट्लीको ६७ वर्षको उमेरमा गएराति निधन भएको थियो । 

यसैगरी, प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता रमेश लेखकको पिता डा. प्रयागदत्त लेखकको निधनको समाचारबाट दुःख लागेको बताएका छन् । ट्वीट गर्दै उनले नेता लेखक र समग्र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । लेखकका बुबाको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा निधन भएको थियो ।