१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका जाजरकाेट
२०७६ भदौ ७ शनिबार २०:३२:००
Read Time : < 1 मिनेट
समाचार

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जाजरकाेट
२०७६ भदौ ७ शनिबार २०:३२:००

जाजरकोटमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएकाे छ । नलगाड नगरपालिका– १ पाली ठूलाबगरका ५५ वर्षीय बेलमति पुनको अरिङ्गालको टोकाइले शनिबार मुत्यु भएको हो । 

घाँस काट्न गएका बेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिश गरे पनि परिवारका सदस्यले बेलमतिलाई केही सञ्चो भएको भन्दै शुक्रबार घर फर्काएका थिए । उनकाे आज दुखाइ बढेपछि रुकुम पश्चिमको आठबिसकोट नगर अस्पाल पुर्याएको भए पनि उपचारकाे क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । रासस