मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ७ शनिबार १९:२८:००
Read Time : < 1 मिनेट
विश्व

थाइल्याण्डमा नयाँ कानुन, घरमा बसेर चुराेट खाए जेल जानु पर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ७ शनिबार १९:२८:००

थाइल्याण्ड सरकारले देशमा नयाँ कानुन ल्याएसँगै विश्वमा चर्चा सुरू भएको छ । यस कानुनअनुसार कसैले पनि आफ्नै घरमा बसेर धूम्रपान (चुरोट खान) गर्न पाउँदैनन् । यदि कसैले धूम्रपान गरेको थाहा पाए जेलसम्म जानु पर्ने हुन्छ । यसका साथै धूम्रपान गर्न व्यक्तिलाई घरेलु हिंसाका केस चल्न सक्दछ ।

डब्ल्यूएचओको रिपोर्टअनुसार थाइल्याण्डमा धूम्रपानले करिब ६ लाख मानिसको मृत्यु हुने गरेको छ । जसमा ६० प्रतिशत बच्चा हुने गरेका छन् । उनीहरू धूम्रपानको धुँवाको चपेटामा परी मृत्यु हुने गरेको रिर्पोटमा उल्लेख गरिएको छ ।

परिवारमा बच्चा तथा धूम्रपान नगर्ने अन्य सदस्यका लागि ख्याल राख्दै थाइल्याण्ड सरकारले नयाँ कानुन ल्याएको जनाएको छ । यो कानुन बुधबारदेखि लागु हुने समाचारमा जनाएको छ । एक सर्वेक्षणको रिपोर्टमा जनाएअनुसार थाइल्याण्डमा ४९ लाख घर परिवारमा कोही न कोही धूम्रपान गर्ने गर्छन् । एजेन्सी