मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका इलाम
२०७६ भदौ ७ शनिबार १८:१३:००
Read Time : < 1 मिनेट
समाचार

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका इलाम
२०७६ भदौ ७ शनिबार १८:१३:००

इलाम नगरपालिका–९ गोलाखर्कमा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मेची राजमार्गको गोलाखर्क सडक खण्डमा ट्याक्टर पल्टिँदा इलाम नगरपालिका–९ का १८ वर्षीय कृष्ण बहादुर लम्जेलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

माइखोलाबाट इलाम आउँदै गरेको को १ त २२४५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा लम्जेलको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा २५ वर्षकी शान्ता बसेल र आठ वर्षका विजय बसेल घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टका लागि इलाम अस्पलातमा राखिएकाे छ ।